नियम १४२
तलबको उल्लेख
: (१) यस परिच्छेद र परिच्छेद–१२ मा जहाँ–जहाँ तलबको उल्लेख भएको छ त्यसले सम्बन्धित प्रहरी कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ ।
(२) नियम १३० र १३१ को प्रयोजनको लागि “आखिरी तलब” भन्नाले प्रहरी कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थाको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै प्रहरी कर्मचारी निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पुरै तलबको हिसाव गरिनेछ ।